शपिङ मलमा सानो बालकले गरेको सानो गल्तीले उनका पिताबाट ७ लाख असुलियो, सबैले गरे कडा आलोचना

काठमाडौँ : एउटा खेलौना पसलमा करिब ८ लाख रुपैयाँको मूर्ति थियो । त्यो लडेर फुट्यो । त्यसपछि सीसीटीभी फुटेज हेरेर मूर्ति लडाउने व्यक्ति समातियो र उनीबाट क्षतिपूर्ति लिइयो । तर धेरै मानिसहरूले यसको आलोचना गरिरहेका छन्।

हङकङको मोङकोक जिल्लाको लङ्घम प्लेस सपिङ मलको खेलौना पसलमा ५.९ फिटको सुनौलो मुर्ति भुइँमा टुक्रा-टुक्रा परेको देखियो । जसका कारण पसलका कर्मचारीमा सनसनी फैलियो । उनीहरुले सीसीटीभी फुटेज जाँच गरेका थिए । जसमा एउटा सानो बालक त्यो मूर्तिको छेउमा उभिएको देखियो । मूर्ति ढल्न थालेपछि उनले पनि बचाउने प्रयास गरे तर असफल भए । त्यसपछि मूर्ति जमिनमा ढल्यो ।साउथ चाइना मर्निङ पोस्टका अनुसार घटना हुँदा बालकका बुबा चेङ पसल बाहिर फोनमा कुरा गरिरहेका थिए।

तर जब मूर्ति ढलेको आवाज आयो, उनले पछाडि फर्केर हेरे। चेङले भने- ‘मेरो छोरो उभिरहेको थियो। उसले खेलौना मात्र हेरिर`हेको थियो। मेरो छोरो यो घटनाबाट यति डराएको थियो कि उसलाई स्कूलसम्म छोड्नु पर्यो । उसले मलाई मूर्ति किन ड’रलाग्दो देखिएको छ भनेर सोध्यो।’आफ्नो छोराको गल्ती स्वीकार गर्दै, चेंग मूर्तिको क्षतिपुर्ति तिर्न राजी भए।

मूर्तिको खुद्रा मूल्य ५२ हजार हङकङ डलर (८ लाख २२ हजार रुपैयाँ) भए पनि पसलले छुट दिँदा ४५ हजार ६ सय हङकङ डलर (७ लाख २१ हजार रुपैयाँ) तिर्नुपर्ने भएको छ । पसलका सञ्चालक केके प्लसले आपसी सहमतिमा मूर्तिको हर्जाना तय भएको दाबी गरेका छन् । पसलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस घटनामा तत्काल कारबाही गरी सबै कुरा प्रस्ट गरिएको छ ।’

यो विषयलाई लिएर सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ । कतिपयले पसललाई दोषारोपण गरिरहेका थिए भने अर्को पक्ष बालकको विरुद्धमा देखापरेको थियो । कतिपयले झूट बोलेर बालक बुवाबाट पैसा लिएको विश्वास गरेका थिए । अर्को पक्षले भने कोही नजिक नआओस् भनेर मूर्तिलाई घेरेर राख्नुपर्ने बताए । कतिपयले अभिभावकले बच्चाको हेरचाह गर्नुपर्छ भन्ने पनि विश्वास गरे। क्षतिपुर्ति लिइएको कुराको चर्को आलोचना भएपछि पसलले बालकका पिताला त्यो पैसा फिर्ता गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस