तीजमा टिकटक होइन, महिलाको वेदना र भावनाको चर्चा गरौंः आरजु राणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले तीजको मौलिकता जोगाउनुपर्ने बताएकी छन् ।कांग्रेसबाट निर्वाचित देशभरका महिला जनप्रतिनिधिका लागि नेपाल महिला संघद्वारा काठमाडौंमा आयोजित बधाई ज्ञापन तथा दर खाने कार्यक्रममा उनले परम्परादेखि रही आएको तीजको महत्व र गरिमा घट्न दिन नहुने बताइन् ।

‘तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाको वेदना र भावनाको चर्चा गर्नुपर्छ,’ उनले भनिन्,‘यसले महिलाका वेदना बोकेको मौलिक तीज हराउनबाट जोगाउन सकिन्छ ।’ समाजमा अहिले पनि महिलालाई हेर्ने दृष्टीकोण परिवर्तन नभएको उनले बताइन् ।
महिलाका अधिकारका मुद्दा उठानका लागि पनि तीज पर्वलाई उपयोग गर्नुपर्ने नेतृ देउवाले बताइन् । उनले भनिन्, ‘परम्परादेखि तीजको महत्व छ । यसको महत्व र गरिमा घटन् नदिउँ ।’

यस्तै स्थानीय तहको निर्वाचन परिणामले कांग्रेसप्रती जनताको विश्वास बढेको कुरा समेत उनले बताइन् । ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसप्रति जनताको विश्वास बढेको देखिएको छ । यसलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म अझै बढ्नेगरी अघि बढ्नुपर्छ,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस