काश्मिरमा तीन दशकपछि पहिलो मल्टिप्लेक्स सिनेमा बन्न लागेको छ

श्रीनगर: काश्मिरले श्रीनगरमा तीन दशक पछि आफ्नो पहिलो मल्टिप्लेक्स सिनेमा ल्याउने तयारी गरेको छ . उपत्यकाका युवाहरूलाई रोजगारीका अवसरहरूसँगै मनोरञ्जन ल्याउने प्रमुख कदमको रूपमा यस कदमलाई लिइएको छ । जम्मू कश्मीरबाट धारा ३७० खारेज भएको तीन वर्षपछि कश्मीरमा मल्टिप्लेक्स स्थापना भएको हो। द्वन्द्व बढेपछि उपत्यकाका थिएटरहरू सन् १९९० मा बन्द भएका थिए ।

सेप्टेम्बरदेखि सर्वसाधारणका लागि खुला हुने सम्भावना रहेको मल्टिप्लेक्सको डिजाइन आइनक्सले गरेको हो र यसमा तीनवटा अडिटोरियमहरू हुनेछन्, प्रत्येकमा अत्याधुनिक साउन्ड सिस्टम र आरामदायी बस्ने सुविधा हुनेछ। परियोजनाका अध्यक्ष विजय धरले कश्मीर बाहिर अन्यत्र जुन सुविधा युवाहरूले सिनेमामा पाउँछन्, त्यही सुविधा दिनुपर्ने बताए ।

“हामीले ३० वर्षदेखि यहाँ त्यस्तो केही नभएको देख्यौँ, किन नहोस् भनेर हामीले सोच्यौँ? त्यसैले हामीले भर्खरै सुरु गरेका हौँ। युवाहरूले जम्मु वा देशका अन्य सहरहरूमा जति सुविधा पाउँछन्, चलचित्रमा पनि त्यही सुविधा पाउनुपर्छ।” उनले बताए ।

प्रतिक्रिया दिनुहोस