पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, जनजीवन कष्टकर

काठमाडौं । युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द हुँदा अन्धकार भएकाे छ ।

युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुली आपूर्ति बन्द भएको हाे । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ । उहाँले बिजुली आपूर्ति बन्दकाे आरोप रुसमाथि लगाउनुभएको हाे ।

बिजुली बन्द हुँदा पानी आपूर्ति पनि बन्द भएको छ । जसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ । त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित छैन् ।

रुसले सर्वसाधारणलाई उर्जा र तातोबाट बञ्चित गरेर सताउन खोजेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आरोप लगाउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस