प्रभावहीन चिनियाँ खोप

कोभिड १९ माहामारी विरुद्धको विश्वव्यापी लडाइमा चीनले स्वघोषित नेतृत्व गरेको छ। स्वास्थ्यलाई राम्रोसँग बुझ्नको लागि सूचनाको द्विपक्षीय वा बहुपक्षीय साझेदारी होस् यासंकट ब्यबस्थापन वा खाँचोमा परेका राष्ट्रहरूलाई सहायता प्रदान गर्ने कुराहरु किन नहोस् ?

चीनले यो सबै कुराका लागि आफू तत्पर रहेको दाबी चाँही गर्दछ।यद्यपि, चीनले आफ्नै देशभित्र नै आफू निर्मित खोपहरुको प्रभावहिनताको सामना गर्नु परिरहेको छ ।चीनले स्वास्थ्य संकटलाई सामना गर्न संसारभरि खोप कूटनीति प्रयोग गर्नलाई केहि कसर बाँकी राखेको छैन ।

तर भाइरसको उदीयमान नयाँ भेरियन्टहरूले चीनको दैलोमा खुबै ढकढक्याएको छ। जबकि बाँकी विश्वले राष्ट्रव्यापी लकडाउन बन्द गरेर सामान्य भइसके तर उता चीन भने दृढतापूर्वक यसको शून्य कोभिडनीतिको साथ लकडाउनलाई थप कडाई गर्दै बसेको छ ।

यसको मुख्य कारण हो चीनको घरेलु खोपको प्रभावहीनता। चीनको भ्याक्सिन उत्पादनमा अहिलेसम्म सबैभन्दा ठूलो खेलाडी सिनोभ्याक एक निजी हो भने अर्को सिनोफार्म चाँही सरकारी स्वामित्वको कम्पनी हो। यी दुबै कम्पनीलाई डब्ल्यूएचओ द्वारा प्रभावकारीताको लागि न्यूनतम रेटिंग पनि दिइएको छैन ।

अन्य mRNA भ्याक्सिनहरू जस्तै जर्मन फाइजर बायोएनटेक सँग तुलना गर्दा चिनियाँ खोपहरूको प्रतिरक्षा एकदम कमजोर छ। एक मात्र खुराक संग, सिनोभ्याकले सबै उमेर समुहमा मात्र 35-60% प्रतिरक्षा क्षमता प्रदान गर्दछ जबकि पश्चिमको देशहरुको प्रभावकारिता ६० देखि ८५ प्रतिशत छ ।

बूस्टरको साथ तीन डोजमा मात्र चिनियाँ खोपहरुले पश्चिमा खोपहरुको समान प्रतिरक्षा क्षमता दिन्छन् । mRNA खोपमा चीनले जोखिममा परेकाहरूको खोपलाई प्राथमिकता दिन सम्म अस्वीकार गरेको छ र वृद्ध जनसंख्याले समूहलाई उच्च जोखिममा छोडेको छ।

विडम्बना कति सम्म छ भने हङकङ विश्वविद्यालयको अध्ययन अनुसार सिनोभ्याक भ्याक्सिनको दुई डोज प्राप्त गर्ने ६० वर्षभन्दा माथिका व्यक्तिहरूले फाइजरको तुलनामा ३ गुणा बढि मृत्यूदरको जोखिम सामना गर्नुपर्दछ । विज्ञहरूका अनुसार अभावका कारण चीनको अवस्था बिग्रिएको हो ।

एमआरएनए खोपको न चीनले उत्पादन गर्दछ न त पश्चिमा देशहरुवाट आयात गर्न चनी इच्छुक छ । शिर्ष नेतृत्वहरुको इगोका कारण चीनका जनसख्याँ अझै पनि असुरक्षित छन, अन्य संसार पूर्ण रुपमा खुलिसकेपनि चीन अझै पनि लकडाउन भित्र नै बाँधिएको छ ।

चीनले आफ्नो कार्यविधिमा गलत छनोट गर्दा चीनका जनताले नराम्रो मार बेहोर्नुपरेको छ र देश अफसोसका साथ प्रकोपहरू ह्यान्डल गर्न कम क्षमतावान भएको स्पष्ट छ । चिनियाँ जनसङ्ख्याको २० प्रतिशत भन्दा बढी हाल कोभिड प्रतिबन्ध लागेका क्षेत्रहरुमा बस्छन् ।

सी प्रशासनले आफ्नो शून्य कोभिड नीतिमा कुनै पनि तलमाथि गर्न ठाडै अस्वीकार गर्दछ। हाल शेन्जेन, चेङ्दु, टियानजिन लगायत झण्डै ५० सहर, करिब २९१.७ मिलियन मानिसलाई लकडाउनको तेश्रो श्रृखलामा राखिएको छ।
मान्छेहरु खाना र सप्लाईको कमी का कारण भोकभोकै बसिरहेका छन् । यसका अलावा कलडाउनमा लामो समय बस्दा को मानसिक स्वास्थमा पर्ने असर एकातिर छ । यतिमा मात्र चीनको गलत कदमका परिणामहरु सिमित छैनन ।

चीनको कोभिड नितिको गलत परिणाम स्वरुप बिश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका साथै चीन स्वयमको पनि अर्थतन्त्र असाध्र्य संकुचित भएको छ । रियल स्टेटको सकुंचनको दर नै वर्ष २०२२ मा घटेर ३२ प्रतिशतले कमी आएको छ ।

चीनका बैंकहरुको ९ ट्रिलियन डलर रियल स्टेटमा लगानी भएको अवस्थामा ५.३ ट्रिलियन डलर चाँही धरौटि कर्जाको रुपमा छ । अनि त्यहाँका मान्छेहरुले बैंक बाट आफ्नै डिपोजिट फिर्ता नपाँउदा गरेको ब्वाइकट ट्रेन्डका कारण ३०० बिलियन डलर कोल्याप्स हुने संघारमा छ ।

चीनले आफ्नो नाजल खोप लाई बजारमा ल्याउन तयारी गरिरहेको बेला अर्थतन्त्र भने पूर्णत डुब्दो छ । अब चाँही चीनले आफ्नो इगोलाई त्याग्दै जनताहरुको सहजतालाई छान्नुपर्ने बेला आएको छ । यसो नगरेमा दिर्घकालमा चीनले अनेक समस्याहरु सामना गर्नुपर्ने र आफनै देशमा जनताहरुको पनि बिश्वास गुमाउने चाँही पक्का छ ।

प्रतिक्रिया दिनुहोस