पाकिस्तानले नियन्त्रण गर्न सकेन आँफैले बनाएको राक्षस

इस्लामाबाद [पाकिस्तान], सेप्टेम्बर 23 (एएनआई): इस्लामाबादले आतंकवादी र जिहादीहरूलाई उक्साउने, वित्तपोषण, प्रशिक्षण र सुसज्जित गर्ने गरेकोमा आफ्नै यस नीतिको प्रत्यक्ष परिणाम भोगिरहेको छ।

वाशिंगटनमा रहेको गिलगिट बाल्टिस्तान इन्स्टिच्युटका अध्यक्ष सेन्गे सेरिङले बाल्टिमोर पोस्ट एग्जामिनरमा यसै विषयमा लेख्दै जेनेरलहरूले सांस्कृतिक सम्पर्क र क्षेत्रीय व्यापारको लागि देशको प्रयोग गरेर नागरिकहरूको जीवनमा सुधार गर्न सक्थे तर गरेनन भनेका हुन।

तर उनीहरूले भारतप्रति घृणालाई राष्ट्रिय नीति बनाएर पाकिस्तानलाई इस्लामिक आतंकवादको केन्द्रमा परिणत गर्न रुचाए र अन्तत अहले आएर पाकिस्तानले आँफै बनाएको राक्षसलाई आफुले नियन्त्रण गर्न सकेन भन्ने तथ्य उजागर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस