भारतले २०२३ मा पहिलो पटक MotoGP को रेस आयोजना गर्ने

बुरिरमः भारतले २०२३ मा पहिलो पटक मोटोजीपी दौड मञ्च आयोजना गर्दैछ । आयोजकहरूले शुक्रबार यस कुरा बताँउदै यसअघि फर्मुला वानको रेस अयोजना गरेको ट्याकमा यस मोटोजीपी रेस पनि आयोजना हुने बताएका छन् ।

दौड नयाँ दिल्लीको दक्षिणमा उत्तर प्रदेशको बुद्ध इन्टरनेशनल सर्किटमा हुने तय भएको छ । भारतमा हाम्रा धेरै फ्यानहरू छन् र हामी उनीहरूमा खेलकुद ल्याउन पाउँदा उत्साहित छौं, ूमोटोजीपी आयोजक डोर्नाका प्रमुख कार्यकारी कार्मेलो इजपेलेटाले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया दिनुहोस