सिनजियाङको घुल्जामा कोभिड लकडाउनमा भोकमरीका कारण एकै दिन २२ जनाको मृत्यु

चीनको कोभिड लकडाउन अन्तर्गत उत्तरी सिनजियाङ सहर घुल्जामा गत हप्ता एकै दिन भोकमरी र स्वास्थ्य उपचारको अभावमा कम्तीमा २२ जनाको मृत्यु भएको आरएफएले प्रहरी र शोक सन्तप्त परिवारका सदस्यहरूसँग पुष्टि गरेको छ।

बेइजिङ्गको शून्य-COVID निति अन्तर्गत क्वारेन्टाइनमा फसेका उइघुरहरूबाट मद्दतको लागि अपीलहरू चिनियाँ सोशल मिडिया प्लेटफर्महरूमा पप अप भइरहेका छन्। तर चीन प्रसासन मौन छ ।

उइघुरहरूले यस हप्ता न्यूयोर्कमा संयुक्त राष्ट्र मानवअधिकार प्रमुखको कार्यलयमा मानवता विरुद्धको अपराध उपर चीन प्रशासनलाइ कारबाही गर्न माग गरिरहेका छन्। ।”

गुल्जा सहरलाई चिनियाँमा यिनिङ भनिन्छ । लगभग आधा मिलियन मान्छे बस्ने यहाँ मुख्यतया उइगुर र अन्य टर्किक मुस्लिमहरूको बाहुल्यता छ । सन् २०१९ देखि नै प्रकोपको कारण अगस्टको शुरुदेखि नै यो सहर तालाबन्दीमा छ। आरएफएले यसअघि घुल्जामा भोकमरी वा औषधिको अभावका कारण मृत्यु भएको रिपोर्ट गरेको थियो।

प्रतिक्रिया दिनुहोस