भारतीय बिदेशमन्त्री जयशंकरले संयुक्त राष्ट्र प्रमुखलाई भेटेर विश्वव्यापी चुनौतीहरूबारे छलफल गरेका छन्

न्यूयोर्क [अमेरिका], (एएनआई): विदेश मन्त्री एस जयशंकरले संयुक्त राष्ट्र सुरक्षा परिषद्का महासचिव एन्टोनियो गुटेरेसलाई न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको ७७ औं सत्रको पूर्वसन्ध्याँमा भेटेर विश्वव्यापी चुनौतिहरुका बारेमा समेत छलफल गरेका छन्।

उक्त भेटमा युक्रेन द्वन्द्व सहित अरु पनि बिश्वव्यापी चुनौतीहरूका विषयमा छलफल गरिएको जनाइएको छ ।

अमेरिकाको १० दिने भ्रमणमा रहनुभएका विदेशमन्त्रीले बेलारुसका आफ्ना समकक्षी भ्लादिमिर मेकी, माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिद, आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयान, साउदी अरबका समकक्षी फैसल बिन फरहान र संयुक्त राष्ट्रसङ्घीय विकासका प्रशासकसँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस