सिनजियाङबाट जबर्जस्ती श्रम आयात गरेको भन्दै बेलायत सरकार विरुद्ध मुद्धा दायर

बेलायतको सरकारलाई चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङमा जबर्जस्ती श्रममा लगाइएकाहरु द्धारा उत्पादितउत्पादनहरूलाई बेलायतमा प्रवेश गर्नबाट रोक्न असफल भएको आरोप लागेको छ ।

बेलायत सरकार यस विषयमा जवाफ दिन अक्टोबरको अन्त्यमा अदालतमा उपस्थित हुँदैछ भनेर अधिकार समूहहरूले बुधबार एक विज्ञप्तिमा भनेका छन्।

बेलायतको उच्च अदालतमा अक्टोबर २५, २६ मा भएकोसुनुवाइ ग्लोबल लिगल एक्शन नेटवर्क (GLAN) – बेलायत र म्युनिखमा रहेको विश्व उइघुर कांग्रेस (WUC), दुबै समूहले संयुक्त मुद्धा दायर गरेको भनी विज्ञप्तिमा भनिएको छ।

भन्सार अधिकारीहरूले मानवता विरुद्धको अपराधको रूपमा डरलाग्दो र जबरजस्ती परिस्थितिहरूमा बनाइएका उत्पादनहरूको आयात रोक्न अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न असफल भएका छन्,” GLAN का कानूनी अधिकारी सिओभान एलेनले बताएका थिए ।

सिन्जियाङमा जबर्जस्ती श्रमलाई चीनको सबैभन्दा ठूलो कपास उद्योगसँग जोडिएको छ . यसले युकेलगायत अन्तर्राष्ट्रिय बजारहरूमा कपडा र अन्य उत्पादनहरू निर्यात गर्दछ, GLAN र WUC ले आफ्नो बयानमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस