फैसलाबाद प्रहरीले एक जोडीले साङ्लोले बाँधिएको नाबालिग कामदारलाई उद्धार गरेको छ ः आखिर के भइरहेको छ पाकिस्तानमा ?

टेक सिंहस् फैसलाबादको मदिना टाउन पुलिसले बुधवार इडेन भ्याली इलाकाको एक घरबाट नौ वर्षीया कामदारलाई उद्धार गरेको थियो ।

उनका मालिकहरुले उनलाई ठाउँ छोड्नबाट रोक्नको लागि साङ्लोमा राखेका थिए भन्ने तथ्य आएको छ ।

फैसलाबाद शहरका प्रहरी अधिकारी ९सीपीओ० ओमेर सईद मलिकले पुलिस हेल्पलाइन मा एक नाबालिग कामदारलाई इडेन भ्यालीको एक घरमा साङ्लोले बाँधेर राखिएको र उनको मालिक र घर मालिकहरूले नराम्ररी यातना दिएको बारे फोन आएको थियो भनेर मिडियालाई बताएका छन् ।

यसरी आएको कललाई पछयाउदै जाँदा यसरी अमानवीय रुपमा बाँधेर राखेको बालिका फेला परेकि थिइन ।

कलको जानकारी पाएपछि सीपीओले मदिना टाउनका एसपी र पीपुल्स कोलोनीका डीएसपीलाई घरमा छापा मारेर बालिकाको उद्धार गर्न निर्देशन दिएको बताए।

सोही अनुसार प्रहरी टोलीले घरमा छापा मारेर साङ्लोले बाँधेकी बालिकालाई उद्धार गर्नुका साथै घरधनी आसिफ र उनकी श्रीमती आलिया बिबीलाई पक्राउ गरेको उनले बताए ।

उजुरी अनुसार नाबालिग बालिका मारिया बिबी जररानवालाका गरिब अल्लाह दित्ताकी छोरी हुन्, जसको आमा रसूलन बीबीले करिब एक वर्षअघि घरेलु कामदारका रुपमा केबल मासिक दुई हजार तलब पाउने गरि दम्पतीलाई जिम्मा दिएकी थिइन् ।

उक्त दम्पतीले नाबालिग बालिकालाई बिना कुनै दोष दिनहुँ क्रूर यातना दिने र तातो चक्कुले शरीरका अंगहरू जलाउने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस