” इरान भारतलाई तेल बेच्न चाहन्छ” भारतका लागि इरानी राजदूत डा इराज इलाही

नयाँ दिल्ली (एएनआई): भारतका लागि इरानका राजदूत डा इरान इलाहीले अमेरिकी प्रतिबन्धको बाबजुद तेहरान भारतलाई तेल आपूर्ति गर्न तयार छ भन्दै किनकि दुबै देशको घनिष्ठ सम्बन्ध छ र त्यसका आधारमा वाणिज्य समबन्धको ग बसाल्नु पर्ने मनसाय राखेका हुन्।

एएनआईसँगको एक विशेष अन्तर्वार्तामा राजदूत इलाहीले “हामी सधैं भारतसँग हाम्रो आर्थिक सम्बन्ध बढाउन तयार छौं। अबको निर्णय भारतमा निर्भर छ, हामी तेल दिन तयार छौं।” भनेका हुन् ।

प्रतिबन्धहरू एक अवरोध हो। भारत र इरानले गैरकानूनी अमेरिकी प्रतिबन्धका आधारमा होइन आफ्नो राष्ट्रिय हितका आधारमा यो समस्याको समाधान खोज्नुपर्छ ।

हामी भारतलाई तेल बेच्न चाहन्छौं र हामीलाई चाहिएको कुरा भारतबाट किन्न चाहन्छौं, “इरानी राजदूतले एएनआईलाई भने।

प्रतिक्रिया दिनुहोस