घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख २ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस