बिहे गराउन गएका पण्डितले नै बेहुली लिएर भागे

शिक्षक, आमाबुबा र मन्त्र जपेर विवाह गराउने पण्डित समान हुन्छन् । तर, संसारमा कहिले काँही अनौठो घटना हुने गर्छन जसले मानिसलाई आश्चर्य बनाउँछ । अर्काको विवाह गराउन गएका पण्डितले नै बेहुली भगाइदिए भने के होला ? तपाईले कल्पना गर्न सक्नुहुन्छ ?

वास्तवमा यस्तै घटनाले सबैलाई आश्चर्य चकित पारेको छ । यो घटना नेपालमा भने भएको होइन । भारतको मध्यप्रदेशमा भएको यो घटनाले सबैलाई आश्चर्य चकित पारेको छ । एक जोडीको बिहे गराइदिने पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् ।

त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भा गे की हुन् । बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्र’हरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि च क्क र चलेको हुनसक्ने अनुमान गरेको छ ।

अन्य समाचार- दुलहालाई दाईजोमा वियर दिने अनौठो चलन, विवाह एक तर रीतिरिवाज अनेक । विवाह बन्धनलाई एक पवित्र बन्धनका रुपमा मान्ने गरिन्छ । हिन्दुहरुले सात फेरा लगाउने जस्तै अन्य धर्म परम्परामा अन्य विधिहरु हुने गर्छन् । विवाहमा हामी सबैले देखेका नै छौँ बेहुलीको तर्फबाट दाईजोको रुपमा बेहुलालाई अनेक कुराहरु दिने गरिन्छ । दाईजोको पनि ठाउँ अनुसार फरक फरक दिने चलन छ ।

तर आज हामी दाईजोको रुपमा बेहुलालई दिएको यो अनौठो उपहारका बारेमा चर्चा गर्दैछौँ । भारतको छत्तिसगड स्थित बस्तर गाउँमा विवाहमा बेहुलालाई वियर दाईजो दिने प्रचलन छ । यो वियर एउटा रुखको रसबाट बनाइन्छ । जसको वैज्ञानिक नाम केरियोटा यूरेन्स रहेको छ । यो वनस्पतिलाई सल्भी पनि भन्ने गरिन्छ । साथै मोहकारीको नामबाट पनि यो वनस्पतिलाई चिन्ने गरिन्छ ।

वैज्ञानिकहरुका अनुसार एउटा रुखले २० लिटर मादक पदार्थ दिन्छ । यो रुख छत्तिसगड स्थित बस्तर गाउँमा अर्थ व्यवस्थाका लागि पनि महत्वपूर्ण मानिन्छ । यहाँका कन्याहरुको विवाह अन्य स्थानको जस्तै गरी गरिन्छ तर उनीहरुलाई दाईजोमा उक्त रुख दाईजो दिने प्रचलन रहेको छ । स्थानीयहरुका अनुसार सल्फीको एउटा रुख एक एकड जग्गा जत्तिकै बहुमूल्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस