वियरका बारे थाहा पाउनैपर्ने कुरा यस्ता छन् फाईदा, बियर नराम्रो की तपाईंको सोच ?

एजेन्सी । नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु हुन्न भने तपाइलाई वियर खाँदा यति धरै फाइदा छन् भन्दा अनौठो लाग्ला । अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा , नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।

थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ । वियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । अमेरिकाको खाद्य विभागले समेत वियरलाई पानीको विकल्पकोरुपमा स्वीकार गरेको छ ।

दिनमा एउटा वियर पिउँदा पानीको मात्रा ह्वात्तै बढ्छ । युनिभर्सिटी अफ लण्डन कलेजमा गत वर्ष गरिएको एक अध्यनले वियर खाँदा मोटो पन बढ्ने भन्ने मान्यता गलत भएको देखाएको छ । वियरले शरीरमा पाचन शक्ति भने बढाइदिन्छ । जसले भोक बढ्ने समस्या भने हुने शोधकर्ताहरुको भनाइ छ ।
यस बाहेक बियर पिउदाका फाईदा अरु के के छ्न त यहाँ प्रस्तुत

१, बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।

२, बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।

३, स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।

४, हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।
५, मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ

६, अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।

७, निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ ।

८, राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।

प्रतिक्रिया दिनुहोस