घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसदिन सुनको मूल्य तोलमा दुई सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन आइतबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस