अनुष्का शर्माको शक्तिलाई अंडर इस्टिमेट नगर्नु, के साँचै उनले विराटलाई उचालेका हुन् ?

गोर्खाली खवर, एजेन्सी, २९ चैत्र । सोशल मिडियामा अनुष्का शर्मा आफ्नो पर्सनल लाईफलाई इन्जोय गरिरहेको देखिन्छन् । आफ्नो पति विराट र छोरी वामिकाको साथ व्यक्तिगत जिवन राम्रो वनाईरहेकी छिन् । यस्तोमा उनि प्रग्नेन्सि पछि फिट पनि देखिएकी छिन् । सायद अनुष्काको स्ट्रेन्थलाई अन्डर स्टिमेट गर्नु गलत हुन सक्छ । जसको प्रमाण अनुष्काले पोष्ट गर्ने अलग अलग फोटो वाट स्प्रष्ट हुन्छ ।

वलिउड एक्ट्रेस अनुष्का शर्मा र विराट कोहली सोशल मिडियामा अक्सल कपल गोल सेट गरिरहेको देखिन्छ । यस्तोमा अनुष्का आफ्नो शक्ति प्रदर्शन गरिरहेको देख्न सकिन्छ । अनुष्काले सोशल मिडियामा एक भिडियो शेयर गरेकी छिन् । जसमा उनले इंडियन क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आफ्ना हातले लिफ्ट गरेको देख्न सकिन्छ । यसवाट फ्यान्स् त के स्वयम् विराट पनि अनुष्काको यो शक्तिवाट हैरान भएका छन् ।

शुरुमा अनुष्का विराटलाइ उठाउने कोशिस गरिरहेको देख्न सकिन्छ । तर पछि साँच्चै विराटलाई दुई हातले उठाउँछिन् । त्यहाँ विराट त हैरान हुन्छन् । उक्त भिडियो शेयर भए पश्चात् अनुष्काको स्ट्रेन्थको सवै तिर तारिफ भएको छ । उक्त भिडियो शेयर गरि “के साँच्चै मैले यो गरेको हो?” भनि लेखेकी छिन् । मानौं उनलाई पनि यो कुराको विश्वास भएको छैन । फ्यान्स् ले उनको यो पोष्टलाई खुव मनपराएका छन् ।

प्रतिक्रिया दिनुहोस