अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सल्लाहकार समितिमा दुई भारतीय मूलका अमेरिकी सीईओ नियुक्त

वाशिंगटन— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई भारतीय मूलका अमेरिकीहरू ( फ्लेक्सका सीईओ रेवती अद्वैथी र प्राकृतिक संसाधन रक्षा परिषद्का सीईओ मनिष बाप्नालाई सल्लाहकार समितिमा नियुक्त गरेका छन्।

व्यापार नीति र वार्ताका लागि बाइडेनले १४ जनाको सल्लाहकार समिति निर्माण गरेका छन् । समितिमा रेवती अद्वैथी, मनिष बाप्ना, टिमोथी माइकल ब्रोस, थोमस एम कोनवे, एरिका आरएच फक्स, मार्लोन ई किम्पसन, रायन, शोन्डा इभेट स्कट, एलिजाबेथ शुलर, नीना ल्याण्डिसलगायतका रहेका रहेका छन् ।

रेवती अद्वैथी फ्लेक्सको प्रमुख कार्यकारी अधिकृत हुन् । यो संस्थाले विश्वव्यापी उत्पादन साझेदार गरी विश्वलाई सुधार गर्न विभिन्न ग्राहक आधार डिजाइन र उत्पादनहरू निर्माण गर्न मद्दत गर्दछ।

फ्लेक्स भन्दा पहिले, अद्वैथी २० बिलियन अमेरिकी डलरभन्दा बढी बिक्री र १०२,००० कर्मचारी भएको कम्पनी ईटनका लागि विद्युतीय क्षेत्रको व्यवसायका लागि अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर थिइन्। यस्तै, मनिष बाप्ना प्राकृतिक संसाधन रक्षा परिषदको अध्यक्ष र सीईओ हुन्।

व्यापार नीति र वार्तालापका लागि सल्लाहकार समिति संयुक्त राज्य अमेरिकाको व्यापार नीतिको विकास, कार्यान्वयन, र प्रशासन वार्ताका उद्देश्यहरू लगायतका सम्बन्धमा उत्पन्न हुने मामिलामा संयुक्त राज्यका व्यापार प्रतिनिधिलाई समग्र नीति सल्लाह प्रदान गर्न स्थापना गरिएको सल्लाहकार समिति हो।

समितिमा अमेरिकी व्यापार प्रतिनिधिद्वारा सिफारिस गरिएका ४५ जनासम्म सदस्यहरू रहने छन् जसलाई राष्ट्रपतिले नियुक्त गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस