चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना!

इटानगर— अरुणाचल प्रदेशको राजधानी इटानगरमा मार्च २४ देखि २५ सम्म हुने जी–२० शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

चीन जी–२० शिखर सम्मेलनमा भाग लिने वा नगर्ने अन्योलमा छ । पछिल्लो समय भारत र चीन पूर्वी लद्दाखमा ३१ महिना भन्दा बढी समयदेखि लामो सीमा विवादमा जारी रहेको छन्। जुन २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको घातक झडपपछि द्विपक्षीय सम्बन्ध दरार आएको थियो ।

भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशबीच कूटनीतिक र सैन्य माध्यमबाट छलफल भइरहेको छ । दुवै पक्षले सामान्य स्थितिमा फर्कन र सीमामा तनाव कम गर्ने र सम्बन्ध सुधारमा ध्यान केन्द्रित गरिरहेको मन्त्रालयले जनाएको छ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरको याङ्त्सेमा दुवै पक्षका सेनाबीच झडप भएपछि भारत र चीनबीच तनाव बढेको छ ।
पछिल्लो पटक चीनका विदेश मन्त्री ग्याङले नयाँ दिल्लीमा मा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका थिए। त्यसैले चीनले शिखर सम्मेलनमा आफ्नो प्रतिनिधि पठाउन सक्ने स्रोतको तर्क छ ।

जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका, र युरोपेली संघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस