‘अन्डा शाकाहारी की मांशाहारी ? फ्रिजमा अन्डा राख्नु कति हानिकारक ? पुरा हेर्नुहोस …

अक्सर हामी खानेकुरा ताजा राख्न फ्रिजको प्रयोग गर्छौं । अन्डा पनि फ्रिजमा राख्छौं । तर, अन्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा अन्डा स्टोरेज गर्दा फाइदा होइन, नोक्सानी हुन्छ ।

ब्याक्टेरियाको खतरा

फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ । यो स्वास्थ्यको लागि हानीकारक हुने नै भयो । यो प्रक्रिया कस्तो हुन्छ ?

यसरी आउँछन् अण्डामा ब्याक्टेरिया

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई फेरि सामान्य तापक्रममा राख्दा कन्डेनसेसन ग्यासबाट लिक्वीड बन्ने प्रक्रिया बढ्छ । कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न सक्छ । यसबाट अण्डाभित्र ब्याक्टेरिया पैदा हुन्छन् जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

तापक्रम

अण्डालाई फ्रिजमा राख्दा यसभित्रको तापमानमा पनि उतारचढाव आउँछ । यदि तपाईं अण्डाको प्रयोग बेकिङ प्रोडक्ट बनाउनका लागि हो भने त्यसलाई फ्रिजमा नराख्नु नै उचित हुन्छ । किनकी बनाउने बेला यसमा निकै समस्या पर्छ ।

स्वादमा भिन्नता

यदि तपाईं पि|mजमा अन्डा राख्नुहुन्छ र पछि त्यसको प्रयोग गर्नुहुन्छ भने त्यसलाई फिट्न अपेक्षाकृत मुस्किल हुन्छ । जसले गर्दा रंग र स्वादमा फरक पर्छ । यसले तपाईंको स्वास्थ्यलाई फाइदा होइन, नोक्सानी पुर्‍याउँछ ।

फुट्ने सम्भावना

अण्डा किनेर ल्याउनासाथै तुरुन्त यसलाई उमाल्नका लागि राख्दा फुट्ने सम्भावना कम हुन्छ । तर, यदि तपाईंले फ्रिजमा राखिएको अण्डा उमाल्नुभयो भने फुट्ने सम्भावना बढि हुन्छ । यसले अण्डाको पोषणमा असर गर्छ ।

संक्रमण

फ्रिजमा राखिएको अण्डा संक्रमित पनि हुन सक्छ । कहिलेकाहीँ अण्डाको माथिल्लो भागमा फोहोर रह्यो भने त्यसले फ्रिजमा राखिएका अरु चिजहरुलाई पनि संक्रमण गर्न सक्छ । यस्तोमा अण्डालाई फ्रिजमा राख्दा कयौं प्रकारका संक्रमणका खतरा रहन्छ ।

अस्वस्थकर

यसमा कुनै शंका छैन कि फ्रिजमा अण्डा धेरै दिनसम्म सुरक्षित रहन्छ । तर फ्रिजमा अत्यधिक चिसो हुने कारणले अण्डाका केही पौष्टिक तत्व नष्ट हुन्छन् । कोठाको तापक्रममा राखिएका अण्डा फ्रिजमा राखिएका अण्डाको तुलनामा बढि स्वस्थकर हुन्छन् ।

अण्डाका फाइदा

अण्डाको सेवनले शरीरलाई धेरै फाइदा मिल्छ । अण्डामा प्रोटिन, क्याल्सियम र ओमेगा २ फ्याटी एसिड उचित मात्रामा पाइन्छ जुन हाम्रो शरीरका लागि अत्यन्त लाभदायक हुन्छ । यसबाट शरीरमा पर्याप्त मात्रामा प्रोटिन मिल्छ । त्यसैले हरेक दिन बिहान अण्डा सेवन गरौं ।

प्रतिक्रिया दिनुहोस