रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा ‘लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे’को महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘शहरकेन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्याउनसक्ने बिपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ।’

प्रधानमन्त्रीले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस