डोलेश्वरमा आज चारै ढोका खुला

भक्तपुर,भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बुधवार मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पुजा गर्न पाईने भएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पुजा गर्न सकिने व्यवस्था गरेको हो ।

समितिका अनुसार डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्री, अक्षय तृतिया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पुजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखी सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान शिवको विशेष महिनाको रुपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरदेखी डोलेश्वर महादेवसम्म कलश यात्रा गरी श्रावणी मेला शुरु गर्ने र भाद्र ६ गते डोलेश्वरको विशेष पुजा अर्चना गरी मेलाको समापन गर्दै आएको समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस