१ अर्ब ९२ करोड लागतमा भरतपुर विमानस्थलमा टर्मिनल भवन बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार करिब २ अर्ब रूपैयाँ लागतमा बन्ने यो टर्मिनल भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ।

प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो।

टर्मिनल भवन निर्माणका लागि चैत ६ गते केसी–क्षमा देवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस