एस्तो कारणले गर्भावस्थामै शिशु तेस्रोलिङ्गी बन्छ ?

यो संसारमा मानिसलाई दुई प्रकारका विभाजित गरिएको छ । एउटा पुरुष अर्को महिला । यी दुईबिचमा एउटा यस्तो मान्छे पनि हुन्छन्, जुन हामीभन्दा केही भिन्न हुन्छन्, देखिन्छन् । जसलाई हामी ट्रान्सजेण्डर अर्थात् तेस्रो लिङ्गी भन्छौं ।

वास्तवमा, ट्रान्सजेण्डरलाई पुरुष र महिलाहरुको वर्गमा समावेश गर्न सकिँदैन । यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस बाहिरबाट पुरुष देखिन्छन्, तर भित्रिरुपमा महिलाहरुको गुण हुन्छ । बाहिरबाट महिलाजस्तो देखिए पनि भित्रिरुपमा पुरुषको गुण र आर्गन्स हुन्छन् ।

गर्भाधारणको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्नेभन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ । त्यसैले गर्भाधारणको तीन महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

गर्भाधारणको यी अवस्थामा शिशुहरु तेस्रो लिङ्गी बन्ने सम्भावना हुन्छ
१. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा ।
२. गर्भाधारणको समयमा गर्भवति महिलाले टाक्सिक फुडजस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रुट (वेजिटेबल्स) खाएमा ।
३. गर्भाधारणको पहिलो तीन महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा ।
४. जेनेटिक डिसअर्डरको कारणले पनि शिशुको लिङ्ग निर्धारणमा असर पर्न जान्छ ।
५. डाक्टरको सल्लाहविनै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङ्गी बच्चा जन्मीन सक्छ ।

गर्भवति महिलाले ध्यान दिनपर्ने कुराहरु
१. डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस्, यहाँसम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानुहुँदैन ।
२. स्वस्थ आहार अनुसारको खानेकुरा खानुस्, बाहिरको खाना सकेसम्म नखानुस् ।
३. थाइराइडको समस्या, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाहपछि मात्र प्रेग्नेन्सी प्लान गर्नु राम्रो हुन्छ ।
४. प्रेग्नेन्सीको पहिलो तीन महीनामा ज्वरो रुघाखोकी भएमा गम्भीर मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।
५. प्रेग्नेन्सीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस