सरकारी कर्मचारीद्वारा पाकिस्तानमा निवृत्तिभरण सुधारको विरोध

स्वात– पाकिस्तानका सरकारी कर्मचारीहरूले भर्खरै पेश गरिएको निवृत्तिभरण सुधारको विरोधमा स्वातमा र्‍यालीको आयोजना गरेको स्थानीय डनले पत्रिकाले उल्लेख गरेको छ ।

अखिल सरकारी कर्मचारी महासंघको आह्वानमा जुलुस निकालिएको हो । आन्दोलनकारीले सुधारका नाममा निवृत्तिभरणबाट ३५ प्रतिशत कटौती स्वीकार्य नहुने बताएका छन् ।

मुलाबाबा स्कुलमा जम्मा भएका आन्दोलनकारी स्वात प्रेस क्लबतर्फ र्‍याली गरेका थिए । उनीहरुले आफ्ना मागको पक्षमा नारा लगाएका थिए । सरकारले भर्खरै निवृत्तिभरण सुधार गरेको उनीहरुले स्वीकार नहुने बताएका छन् । उनीहरुले सरकारी कर्मचारीको ३५ प्रतिशत निवृत्तिभरण कटौती गर्नु अन्याय भएको बताए । उनीहरूले यो निर्णय सरकारी कर्मचारीहरूलाई स्वीकार्य नभएको बताए।

कर्मचारीले ढुवानी भत्ताको सबै बक्यौता प्रदेश सरकारले एकमुष्ट तिर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस