खुजदारमा सशस्त्र व्यक्तिको आक्रमणबाट एक प्रहरीको मृत्यु, अर्का एक घाइते

इस्लामाबाद–पाकिस्तानको खुजदार जिल्लाको नवा जाफराबाद क्षेत्रमा अज्ञात बन्दुकधारीको गोली लागि एक प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीले त्यस क्षेत्रमा गस्ती गरिरहेका बेला मंगलबार घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइते प्रहरी र मृतक प्रहरी जवानको शव अस्पताल लगिएको समाचारमा जनाइएको छ ।

गएको चार दिनमा क्वेटा र खुजदारमा भएको यो पाँचौं आतङ्ककारी हमला हो जसमा प्रहरी जवानहरूलाई निशाना बनाइएको थियो। यी आक्रमणमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ ।

यसअघि आइतवार पाकिस्तानको बलुचिस्तानको कुचलक जिल्लाको किल्ली स्पाइन क्षेत्रमा अज्ञात आक्रमणकारीले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो र अर्का घाइते भएका थिए, प्रहरीलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस