बैशाख १८ गतेबाट तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्न चीन र नेपालबीच सहमति

बैशाख ५ सिन्धुपालचोक । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि बन्द हुँदै आंशिक रुपमा सञ्चालित तातोपानी नाका बैशाख १८ गते पूर्ण रुपमा सञ्चालन गर्न चीन र नेपाल सहमत भएका छन् । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा

निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।

मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।

प्रतिक्रिया दिनुहोस