सोवितासँग आशीर्वाद थापेर सुभाकर्यका लागि निस्किए स्वर्णिम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् । उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु भएका हुन् ।

उपनिर्वाचनमा उनीसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन् । तर तनहुँमा स्वर्णिम वाग्ले आफैलाई मतदान गर्न भने पाउने छैनन् । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

उनलाई रास्वपा सांसद सोविता गौतमले टिका लगाइदिएर अनुगमनका लागि पठाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस