दाँत निकाल्ने क्रममा ६ वर्षीय बच्चाले टोके डाक्टरको हात, डेन्टिस्टले बच्चालाई चड्कन हानेपछि झिकाइयो प्रहरीमा

काठमाडौं- भक्तपुरमा एक डेन्टल डाक्टरले ६ वर्षीय बच्चामाथि हातपात गरेको आरोप लागेको छ। दाँत निकाल्ने क्रममा बच्चाले डाक्टरको हात टोकिदिएका थिए।

कमल विनायकको एक क्लिनिकमा बच्चाले डाक्टरको हात टोकिदिएपछि ती डाक्टरले बच्चामाथि चड्कन हानेको आफन्तको आरोप छ। आफन्तले बच्चामाथि हातपात गर्ने डाक्टरलाई कारबाहीको माग गरेका छन्।

डाक्टरले बच्चामाथि हातपात गरेको आरोप लगाउँदै प्रहरी समक्ष पुगेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए।

‘विस्तृत जानकारी पछि दिनेछौं अहिलेलाई उहाँहरुलाई छलफलका लागि बोलाएका छौं,’ केसीले स्वास्थ्यखबरसँग भने।

प्रतिक्रिया दिनुहोस