उपनिर्वाचन ट्रेलरमात्रै हो, फिल्म त २०८४ मा हेर्नै बाँकी छ– स्वर्णिम वाग्ले

काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले एक्काइसौं शताब्दीका युवाको आकांक्षा आफूहरुले पूरा गर्ने बताएका छन् । आज (बुधबार) निर्वाचित भएपछि धन्यवाद सभालाई सम्बोधन गर्दै वाग्लेले देश विदेशमा भएका युवाहरुसँग जोडिएर जनसरोकारका विषयलाई पुरा गर्ने गरी रास्वपा लागिरहने बताएका हुन् ।

‘छोटो समयमा अत्यन्तै ठूला–ठूला प्रगति हामीले गर्नुछ । एक्काइसौं शताब्दीका युवाहरुको आकांक्षा अब राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्छ । उहाँहरुलाई जोडेर हामी २०८४ सालको निर्वाचनमा होमिने छौं,’– उनले भने ।

अहिलेको उपनिर्वाचनले नेपाली राजनीतिमा ठूलो भूकम्प ल्याइदिएको उनको टिप्पणी छ । यो उपनिर्वाचन केवल ट्रेलरमात्रै भएको र पूरै फिल्म हेर्नका लागि २०८४ सालको आम निर्वाचनसम्म कुर्नुपर्ने उनले बताए ।

‘एउटा ठूलो कम्पन, अहिलेको उपनिर्वाचनले राजनीतिमा भूकम्प ल्याइदिएको छ । यो त ट्रेलरमात्रै हो । बाँकी फिल्म त हामीले हामीले हेर्न बाँकी नै छ,’– वाग्लेले भने ।

प्रतिक्रिया दिनुहोस