डेढ महिना अष्ट्रेलिया बसेर फर्किइन् समीक्षा, भनिन् ‘मलाई उतै बस्न गएकी समेत भने तर म फर्किए

काठमाडौं । गायिका गायिका समीक्षा अधिकारी नेपाल फर्किएकी छिन्। करिब डेढ महिना अघि अष्ट्रेलिया गएकी गायिका समीक्षा अधिकारी नेपाल फर्किए लगत्तै आफ्नो देश छाडेर अन्त जान नसक्ने प्रतिक्रिया दिएकी छिन् ।

दिदी शर्मिला अधिकारीसँग अष्ट्रेलिया उडेकी समीक्षाले सामाजिक संजाल मार्फत आँफु स्वदेश आइपुगेको जानकारी दिएकी छिन् । समीक्षा बिहीबार बिहान नेपाल फर्किएकी हुन्। बुधबार नै आउने भनिए पनि फ्लाइटका कारण बिहीबार बिहान काठमाडौं आइपुगेको समिक्षाले बताइन्। बिहीबार दिउँसो आफ्नो टिकटक लाइभ मार्फत आफु नेपाल आइसकेको जानकारी दिएकी हुन्।

‘मैले पहिल्यै भनेकी थिएँ कि म कार्यक्रमको लागि मात्रै अष्ट्रेलिया गएकी हुँ भनेर। तर मिडियाले मलाई उतै बस्ने गरि गएको भनेर लेखे। त्यसो होइन, म कार्यक्रमको लागि गएको थिएँ। त्यहाँको ठाउँहरु रमाइलो लागेकोले अलिक दिन घुमघाम गरेकी हुँ। आफ्नो देश कहाँ छोड्न सकिन्छ र।’

फेसबुकमा समेत स्टाटस लेख्दै उनले लेखी छिन् ‘आफ्नो देशको यात्रा भनेको यात्रा मात्र होइन, यो आफ्नो आत्मालाई पोषण गर्ने र आफ्नो सम्पदासँग पुनस् जडान गर्ने तरिका हो।’ केही समयपछि कक्षा १२ को परिक्षा तयारी गर्ने उल्लेख गर्दै समिक्षाले भनिन् तत्कालका लागि भने नयाँ नयाँ गीत बजारमा ल्याउने र केही नयाँ गीत रेकर्ड गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस