अभिनेत्री जिया आत्म हत्या प्रकरणमा सुरज पञ्चोलीले पाए सफा

एजेन्सी । भारतीय अभिनेत्री जिया खान आत्म हत्या प्रकरणमा सीबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पञ्चोलीलाई सफाई दिएको छ ।

सीबीआई अदालतका न्यायाधीश एएस सैयदको इजलासले सुरज पञ्चोलीलाई सफाई दिने निर्णय सुनाएका हुन् ।

फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले भन्यो, ‘तपाई विरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाई दिइन्छ।’

सुरजमाथि प्रेमिका जियालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । अब घटना भएको १० वर्षपछि सुरजले सफाईपाएका छन् ।

जियाले ३ जुन २०१३ मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेकी थिइन् । जियाकी आमाको उजुरी दिएपछि सुरज २२ दिन जेलमा बसेर धरौटीमा जेलमुक्त भएका थिए ।

जुन ३, २०१३ मा २५ वर्षीय अमेरिकी नागरिक जियाको शव उनको जुहुको घरबाट शङ्कास्पद अवस्थामा भेटिएको थियो ।

जियाले यस मामिलामा ६ पृष्ठको चिठ्ठी लेखेकी थिइन्, जसको आधारमा प्रहरीले सुरजलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

मुम्बई प्रहरीले बरामद गरेको चिठी जिया खानले लेखेको सीबीआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस