प्रेमी डाक्टरले विवाह गर्न नमानेपछि उसैका घरमा पुगेर आत्महत्या गरिन् नर्स अनुमाले

काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक बीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालको घरमै गएर आत्महत्या गरेकी छन् ।

केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् ।

३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको प्रहरीले जनाएको छ ।

शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।

उनका प्रेमी भनिएका सुजन ढकाल कान्ति वाल अस्पतालका डाक्टर हुन् ।

अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेको उनको पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस