म निर्दोष छु भन्दै अनुसन्धानमा सहयोग गर्छु भनेका टोप बहादुर फरार

बैशाख २२ काठमाण्डौँ । ‘दोषी छैन, प्रहरीलाई सघाउँछु’ भन्दै बुधबार अर्घाखाँचीबाट हिँडेका रायमाझी बाटोबाटै फरार भएका छन् ।

उनी छोरासँगै भैरहवा विमानस्थलबाट काठमाण्डौँ आउने तयारीमा थिए । तर पक्राउ पर्ने डरले उनी विमानस्थल गएनन् ।

हिजो एकाएक प्रहरीले पक्राउ गरीसकेको समाचार बाहिरिए पनि आधिकारीक रुपमा प्रहरीले खोजी भईरहेको भनेको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार सार्वजनिक हुँदा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए ।

जसमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रम सकिएपछि पत्रकारहरूसँग ‘आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस