संखुवासभा हेलिकप्टर दुर्घटनामा परेका एक जनाको मृत्यु ,

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको छ । उनी पनि सिम्रिक एयरको हेलिकप्टरमा गएका थिए । यस्तै घाईते भएका क्याप्टेनसहित ३ जनालाई काठमाण्डौँ ल्याईएको छ ।

शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर छन् ।

प्रतिक्रिया दिनुहोस