अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिला प्रमिलाको मृत्यु

काठमाडौँ- अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिँदा प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।

रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिला आफैँले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । उनीहरुको दुई छोरा छन् ।

यो पनि/ अन्य समाचार- कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु, धनगढी । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकाउनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । रोक्का तटबन्ध निर्माणका लागि नेपालगञ्जबाट तारजाली बोकेर ल्याइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस