यस्ता रोगलाई एकै झट्कामा च्वाट बनाउँछ गाईको घिउँले, मानिन्छ यस्ता रोगको लागि अचुक रामबाण औषधि

गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्राय: प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं ।

कानको पीडा: कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ । हातगोडा पोल्ने: हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ ।

बाडुली: लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।

कपाल झर्ने: कपाल झर्ने समस्या आजकल धेरैले भोगिरहेका छन् । धेरै महिलाहरू यसबाट ग्रस्त छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

एसिडिटी: एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुपर्छ । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ । कमजोरी महसुस हुन्छ भने: यदि तपाईलाई धेरै कमजोरी छ भने, आधा चम्चा गाईको घिउँ र चिनी मिश्री वा मह एक गिलास दुधमा राख्नुहोस् र यसलाई दिनहुँ खाने गर्नुहोस् ।

बाथ,पित्त र कफ: बाथ,पित्त र कफ सम्बन्धित कुनै समस्या छ भने तपाईको नाकमा गाईको घिउँका केही थोपा हाल्नुहोस्। तपाईले यसबाट फाइदा लिनुहुनेछ।

हड्डिलाई मजबुत राख्न गाई घिउँ: घिउँमा क्याल्शियमको अतिरिक्त भिटामिन के पनि हुन्छ जसले हड्डीहरू बलियो राख्न मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस