भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीले भने, : ‘ट्रेलर देखाएका छौँ, फिल्म बाँकी छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् ।

शनिवार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताए । उनले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए ।

उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए । उनले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउन सक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए ।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिने वाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ,

 

प्रतिक्रिया दिनुहोस