सभामुखले बोल्न नदिएपछि सांसद अमरेशकुमार सिंहले संसदमै खोले कपडा

काठमाडौं, वैशाख २५ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । विहान ११ बजेदेखि जारी प्रतिनिधिसभाको बैठकमा सांसद सिंह अर्धनग्न बनेका हुन् ।

उनले आकस्मिक समय माग गरेका थिए । तर, सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर अर्धनग्न हुँदै विरोध जनाईरहेका छन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस