चोरहरूले १७ लाख रूपैयाँका जुत्ता चोरे, घर ल्याएर हेर्दा सबै दाहिने खुट्टाका परेपछि…

शोरुमको शटर तोडेर तीन चोर प्रवेश गरे । यहाँबाट उनीहरूले दुई सयभन्दा बढी ब्राण्डेड जुत्ता चोरे । यी जुत्ताको मूल्य १३ हजार डलर (१७ लाख रूपैयाँभन्दा बढी) थियो । तर चोरीपछि सत्य थाहा पाएपछि चोरहरूको होश उड्यो । उनीहरूले न त एउटै जुत्ता प्रयोग गर्न सक्थे न बेच्न सक्थे । घटना पेरुको हो ।

बीबीसीको रिपोर्ट अनुसार पेरुको ह्वान्कायो सहरमा रहेको एउटा शोरुममा तीन चोरले तोडफोड गरे । त्यतिबेला रातको करिब ३ बजिसकेको थियो । उनीहरु विभिन्न ब्राण्डका २२० थान जुत्ता लिएर भागेका थिए । शोरुम सञ्चालकले यी जुत्ताको मूल्य करिब १३ हजार डलर पर्ने अनुमान गरेका छन् ।

तर, चोरहरूले जुत्ता चोर्दा आफूले ठूलो गल्ती गरेको पटक्कै थाहा थिएन । यस कार्यबाट शोरुम सञ्चालकलाई लाखौं रुपैयाँ नोक्सान भए पनि चोरहरूले एक रुपैयाँ पनि फाइदा लिन सकेनन् । किनभने तिनीहरूले सबै जुत्ता दाहिने खुट्टाको मात्र चोरेका थिए।

चोरहरूले चोरेका जुत्ता शोरुमका मालिकले प्रदर्शनका लागि राखेको बताइएको छ । सबै २२० जुत्ता एउटै खुट्टा (दायाँ) को हो। यस्तो अवस्थामा न त चोरहरुले प्रयोग गर्न सक्थे न बेच्न सक्थे । एक खुट्टाको जुत्ता कसैलाई पनि काम लागेन । ३० अप्रिलमा घटेको यो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ ।

घटनामा स्थानीय प्रहरी प्रमुख एडुआन डियाजले घटनाको सीसीटीभी फुटेजका आधारमा चोरहरुको खोजी भइरहेको बताए । घटनास्थलबाट प्रमाण संकलन गरेका छौँ । यो डकैतीको अनौठो कुरा भनेको दाहिने खुट्टाको जुत्ता मात्रै चोरी भएको हो ।

प्रतिक्रिया दिनुहोस