उसिनेको अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, हुनसक्छ यस्तो खतरा..

अण्डामा पाइने प्रोटिनहरूले तपाईंको शरीरलाई उर्जा दिन्छ, हड्डीहरूलाई सुदृढ पार्छ र आँखाको लागि पनि स्वस्थ हुन्छ। भरपूर पौष्टिक तत्व समावेश गरेकै कारण अण्डालाई पौष्टिक आहारको श्रेणीमा राखिएको छ।अण्डा खाँदा विभिन्न फाइदा त मिल्छ नै तर यदि तपाईं दैनिक रूपमा उसिनेको अण्डा खानुहुन्छ भने केहि कुराको ख्याल राख्न अत्यन्त जरूरी हुन्छ। आज हामी तपाईंलाई यस्तै चीजको बारेमा बताउँछौँ जुन उसिनेको अण्डा खाएपछि भुलेर पनि खानु हुँदैन।

कागती: कतिपय मानिस जो अण्डा खान मन पराउँछन्, उनीहरु अण्डामा कागतीको रस हालेर खान्छन् ताकी यसको स्वाद राम्रो होस्। तर कहिले पनि यस्तो गर्नु हुँदैन। किनभने त्यसो गर्दा रक्तनलीहरूलाई हानी हुन्छ र हृदयघातको खतरा पनि हुनसक्छ।केरा: त्यस्तै, यो कुराको पनि ख्याल राख्नुहोस् कि अण्डा खाएपछि केरा कहिले पनि खानु हुँदैन। अन्यथा यसले पेटसँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, अण्डा खाएपछि भुलेर पनि केरा नखानुहोस्।

पनीर: पनीर र अण्डा वा अण्डा खाने लगत्तै पनीर कहिले पनि खानु हुँदैन। किनभने अण्डा र पनीर दुबैमा प्रोटीन प्रशस्त मात्रामा पाइन्छ। यदि हामीले धेरै प्रोटीन खपत गर्यौं भने त्यसलाई पचाउन गाह्रो हुन्छ, जसको कारण पेटसँग सम्बन्धित धेरै समस्याहरू देखा पर्न सक्छ। त्यसैले, अण्डा खाएपछि पनीर खानु हुँदैन।माछा : उसिनेको अण्डा खाएपछि कहिल्यै मासु वा माछा खानु हुँदैन, किनभने यदि तपाईं उसिनेको अण्डा खानुभयो भने तपाईंलाई छालासँग सम्बन्धित एलर्जीको हुनसक्छ।

थप समाचार :शरीर स्वस्थ राख्न मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर, आजकाल अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दिनहुँ बढ्दो छ । शरीरमा रक्तप्रवाह सामान्यभन्दा कम हुन्छ भने त्यसलाई न्युन रक्तचाप भनिन्छ । सामान्यतः ब्लडप्रेसर १२०/८० हुन्छ । ९० भन्दा कम हुनुलाई लो ब्लडप्रेसर भनिन्छ ।

यसलाई गम्भीर रुपले नलिइ यसको असर शरीरको अर्को अंगमा पनि पर्न सक्छ । शरीरमा ब्लडको दबाब कम हुँदा आवश्यक अंगसम्म पूरा ब्लड पुग्न पाउँदैन, जसबाट ती अंगको कार्यसन्चालनमा बाधा पुग्छ । यस्तो अवस्थामा मुटु, मिर्गौला, कलेजो र दिमागले आंशिक रुप या पूरै काम गर्न बन्द गर्न पनि सक्छ । त्यसैले लो ब्लड प्रेसरको समस्यालाई बेलैमा समाधान गर्नुपर्छ ।

१.नुन पानी पिउने:लो ब्लड प्रेसरमा नुनपानीले महत्वपूर्ण काम गर्छ । यसले ब्लड प्रेसर सामान्य पार्छ । नुनमा हुने सोडियमले प्रेसर बढाँउछ । स्वास्थ्यमा थप असर नपर्ने गरी नुन प्रयोग गर्नुपर्छ । धेरै नुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैंन । लो ब्लड प्रेसरमा एक गिलास पानीमा एक चम्चा नुन मिसाएर पिउन सकिन्छ ।

३.क्याफिनको सेवन:कफी पनि तत्काल लो ब्लड प्रेसर हटाउने मुख्य उपाय हो । ब्लड प्रेसर कम हुँदा स्ट्रङ कफी, हट चकलेट, कोला र क्याफिनयुक्त खाद्यपदार्थको सेवन गर्न सकिन्छ । जसबाट रक्तचाप सामान्य हुन्छ । यदि सधैं लो ब्लड प्रेसर छ भने दिनहुँ बिहान एक कफ कफी पिउनु राम्रो हुन्छ । तर ध्यान दिनुहोस्, कफीसंगै अरु केही कुरा खानुपर्छ ।

३.किसमिस खाने:किसमिसलाई पारम्परिक आयुर्वेदिक औषधिको रुपमा लिइन्छ । लो ब्लड प्रेसर हुँदा राती ३० देखि ४० वटा किसमिसलाई पानीमा भिजाई बिहान खाली पेटमा खानुपर्छ । किसमिस भिजाएको पानी पनि पिउन सकिन्छ । यसका अलावा एक गिलास दुधमा ४–५ वटा देशी बदाम, २० वटा जति बदाम र १५ वटा जति किसमिस मिसाउन सकिन्छ । यसो गर्दा रक्तचाप सामान्य अवस्थामा आउँछ ।

४. गुणकारी हुन्छ तुलसी:तुलसीले रक्तचापलाई सामान्य बनाउन मद्धत गर्छ । यसमा भिटामिन सी, पोटासियम, म्याग्नेसियमजस्ता कयौं तत्व हुन्छन्, जसले दिमागलाई सन्तुलिन राख्छन् र तनाव पनि हटाउन मद्धत गर्छन् । जुसमा तुलसीका १० देखि १५ वटा पात राख्ने, एक चम्चा मह मिसाउने र दैनिक बिहान खालीपेटमा खानाले रक्तचाप सामान्य अवस्थामा आउछन ।

५. कागतीको रस:कागतीको रस उच्च तथा न्युन रक्तचाप सबैमा फाइदाजनक हुन्छ । डिहाइड्रेसनको समस्यामा पनि यो निकै उपयोगी हुन्छ । कागती जुसमा हल्का नुन र चिनी राखेर पिउनाले इनर्जी प्राप्त हुन्छ । साथै कलेजोले पनि सही काम गर्न मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस