नयाँ रेकर्ड :सुनको मूल्य बढ्यो, हेर्नुहोस् यस्तो छ आजको सुन-चाँदीको भाउ…

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

मंगलबार प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस