नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई नछाड्ने, बरु सरकार छाड्ने : प्रधानमन्त्री

जेठ ३१ काठमाण्डौँ । पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्। बुधबार बिहान मा‌ओवादी निकट प्रेस सेन्टरको टोलीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिवद्धता जनाएका हुन् ।

अब कुनै पनि भ्रष्टलाई नछाड्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका थिए । उनले संसदमा अहिले आफू एक्लो सिपाही जस्तो भएको भन्दै केपी ओली सहितले संसदमा बोल्न अवरोध गर्ने, जथाभावी बोल्ने र सभामुखले समेत प्रधानमन्त्री बोल्दा बोल्दै फ्लोरमा बोल्न दिएको सुनाए ।

आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई सभामुखले अपमानित हुने स्थिति बनाएको बताए । अब भ्रष्टाचार बिरोधी अभियान अझै अघि बढ्ने बताए ।

राम्रो काम गरेको भनेर चुप लागेर बसेर नहुने भन्दै उनले पार्टीका पत्रकारहरुलाई प्रचार प्रसारमा सक्रिय हुन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस