नेपालमै पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्स्पो’, मिस नेपालका विजेताद्वारा उद्घाटन

काठमाडौं- काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन एक्सो-२०२३’ प्रारम्भ भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्सो’ आयोजना गरिएको हो।

‘स्पेस एण्ड डिजाइन’ एक्सोको उद्घाटन ‘मिस नेपाल वर्ल्र्ड २०२३’ श्रीच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ तथा मिस नेपाल इन्टरनेशनल २०२३ का विजेता प्रसिद्धी शाहले गरे ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको ‘आईआईएफटी’ का कार्यकारी निर्देशक विपना थापाले बताइन् ।

‘यो आईआईएफटीले पहिलो पटक आयोजना गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएकी छु, निर्देशक थापाले भनिन् ।

सिटी सेन्टरमा भोलि शनिबारसम्म सञ्चालन हुने‘स्पेस एण्ड डिजाइन एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले
आ-आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राख्दै प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ठ हुनेलाई नगदसहित प्रमाणपत्र हस्तातरण गरिने छ ।

शुक्रबार ११ बजे उद्घाटन गरिएको एक्स्पो शनिबार साँझ ५ बजेसम्म चल्ने छ ।

विगत ७ वर्षदेखि सञ्चालनमा आएको ‘आईआईएफटी’ स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन काठमाडौको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजामा र ललितपुरको मानभवनबाट रहेको छ । ‘आईआईएफटी’ले हजारैको संख्यामा फेसन तथा इन्टेरियर डिजाइनरहरु उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस