ससुराले जन्मदिनमा तिलहरी उपहार दिएपछि बाबुराम पत्नी हिसिला भन्छिन् : ‘बल्ल म औपचारिक रुपमा बुहारी भएँ’

काठमाडौं,११ असार । नेपाल समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी भट्टराई आज (सोमबार)बाट ६४ वर्ष पुरा भएकी छन् । जीवनको ६४औं वसन्त पार गरेको अवसरमा यमीलाई उनका ससुरा ९४ वर्षका भोजप्रसाद भट्टराईले तिलहरी उपहार दिएका छन् ।

यमीले आफ्नो जन्मदिनमा ससुराबाट जीवनमै पहिलो उपहार पाएको बताएकी छन्।

ससुराबाट पाएको उक्त उपहारले आफू बल्ल औपचारिक रूपमा बुहारी भएको पनि उनले उल्लेख गरेकी छन्।

‘मेरो ९४ वर्षको ससुरा भोजप्रसाद भट्टराईले मेरो ६४ वर्ष पूरा भएको जन्मदिनमा दिएको उपहार तिलहरी’, उनले लेखेकी छन्,‘धन्यवाद !!! जीवनको पहिलो यो उपहारले अब म औपचारिक रूपमा बुहारी भएँ। छोरी त थिएँ नै। दुवै हातमा लड्डु भएन र ? ’

प्रतिक्रिया दिनुहोस