विद्यालय जाँदै गर्दा बाटोमै हृदयघात भएपछि १९ वर्षीय लिम्बुको निधन

जापानको एक भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन लिम्बुको निधन भएको छ । ताप्लेजुङ निवासी लिम्बु जापान नागोया नाकामुरा वार्ड स्थित इओयु भाषा विद्यालयमा अध्यनरत थिए ।

शुक्रबार जुन २३ विहान छात्रवासबाट विद्यालय जाने क्रममा रेल स्टेशन नजिक ढलेका लिम्बुको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

स्टेशनमा ढलेका लिम्बुलाई तत्काल मिनातोकु स्थित चुवु रोसाई हस्पिटल लगिएको भए पनि चिकित्सकले विहान ८ः०८ बजे नै हृदयघातबाट निधन भएको पुस्टि गरेका थिए ।

चार महिना अघि मात्र विद्यार्थी भिषामा जापान आएका स्व लिम्बुको शव नेपाल पठाउन आवश्यक पहलका लागि निजको विद्यलय एवं एनआरएनए नागोयाले संयुक्त पहल गरिरहेको छ ।

लिम्बुको शव नेपाल पठाउन लाग्ने सम्पूर्ण व्यहोर्ने विद्यालयले प्रतिबद्धता जनाएको र आवश्यक कागजी प्रक्रिया पूरा भएपछि तत्काल नेपाल पठाइने सम्बन्धित पक्षले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस