डडेलधुराको परशुराममा पहिलो पटक मोती उत्पादनको तयारी

हाम्रो बारेमा

 

हाम्रो टिम

 

कार्यक्रम तालिका

 

अभिलेखालय

 

सम्पर्क

Network Error





सामाजिक संजाल :

 

 

 

 

२०८० असार १९

२०८० असार १९

 

 

 

चुनाव अपडेट

समाचार

सुदूरपश्चिम प्रदेश

दार्चुला

बैतडी

डडेल्धुरा

कञ्चनपुर

कैलाली

बझाङ

बाजुरा

अछाम

डोटी

राष्ट्रिय

राजनीति

लोकदर्पण टिभी

स्वास्थ्य-जीवनशैली

खेलक
दार्चुला । सुदूरपश्चिममा पहिलो पटक मोती उत्पादनको तयारी थालिएको छ । डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ ।

मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालय डडेलधुरासँग सम्झौता गरेर पोखरी निर्माण गर्नुभएको छ ।

प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना मोती अर्थात् ९पर्ल० लाई मानिन्छ । मोती संसारमा एक मात्र यस्तो रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । हामीले उपभोग गरिरहेको सिपी नै मोतीको मुख्य स्रोत भएको भनाइ उहाँको छ । सिपीको शल्यक्रिया गरी न्युक्लियस राखेपछि मोती उत्पादन हुने बताइन्छ ।

एक किरामा नौ वटा दाना मोती झिक्न सकिन्छ । मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालक मालसँग २५ लाख रुपियाँ बराबरको सम्झौता गरेको छ ।

एउटा पोखरीमा एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म सिपी पाल्न सकिने उहाँले बताउनुभयो । सुरुवातमा तीन हजार छ सय सिपी पाल्ने योजना रहेको छ । यसका लागि उहाँले भारतमा आवश्यक तालिम लिएको जानकारी गराउनुभयो । सिपी भारतबाट ल्याई पोखरीमा प्रेस गराई एक सातामा न्युक्लियस प्रत्यारोपण गरेपछि मोती उत्पादन हुने उहाँले बताउनुभयो । यसको बजार पनि भारत नै भएको उहाँको भनाइ छ । गएको वर्ष मात्रै मोती जडित गरगहनाका लागि नेपालीबाट ४७ करोड रुपियाँ खर्च भएको एक तथ्याङ्कले देखाएको छ ।गोरखापत्र

प्रतिक्रिया दिनुहोस