पाकिस्तानको कराँचीमा लोडसेडिङ बढेसँगै प्रदर्शन सुरु

कराँची— पाकिस्तानको कराँची सहरमा चर्को तापक्रम र गम्भीर विद्युत लोडसेडिङका कारण ठूलो विरोध प्रदर्शन भइरहेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

इदको बिदा सकिएपछि बिजुलीको आपूतिको अवस्था बिग्रिएपछि कतिपय स्थानमा १२ घण्टाभन्दा बढी र कतिपय स्थानमा १६ घण्टासम्म लामो समयसम्मको लोडसेडिङ हुने गरेको छ ।

गुलिस्तान—ए—जोहर, मलिर र अन्य क्षेत्रका बासिन्दाहरूले बारम्बार लोडसेडिङको मारमा परेका छन्, जबकि अजिजाबाद, मोहम्मदी कालोनी, गार्डन र गुलजार—ए—हिजरीका बासिन्दाहरूले पनि विस्तारैलोडसेडिङको मारमा परिरहेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

चर्को गर्मीका बीचमा लामो समयदेखि लोडसेडिङका कारण सर्वसाधारणलाई निकै असुविधा हुने गरेको छ ।

यसैबीच, गुलिस्तान–ए–जौहर, रामस्वामी र मलिर–१५ मा विद्युत् कम्पनीको अव्यवस्थाको विरोधमा प्रदर्शन भइरहेकाले प्रभावित क्षेत्रमा धेरै घण्टा यातायात अवरुद्ध भएको छ ।

अत्यधिक गर्मीले वितरण सञ्जालको ओभरलोडिङ निम्त्याउन सक्छ, जसको परिणामस्वरूप रोलिङ ब्ल्याकआउट हुन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस