यी हुन् संसारकै ठूलो गाला भएकी मोडल, यस्तो छ रहस्य

काठमाडौँ । सुन्दरता एक यस्तो चिज हो जसको लागी मानिस जे जस्तो पनि काम गर्न पछि पर्दैनन् । हेर्ने हो भने कम मानिस मात्रै आफ्नो अनुहारलाई लिएर सन्तुष्ट हुने गर्दछन् । कसैलाई आफ्नो आँखा ठूलो लाग्छ भने कसैलाई आफ्नो नाक सानो लाग्दछ ।

कसैको ओठ साना हुन्छन् भने कसैको गाला धेरै मोटा हुन्छन् । यस्तै नै एक मोडलको तस्वीर भाइरल भएको छ जसले अनुहारको आफ्नो सर्जरी गरेर संसारकै सबैभन्दा ठुलो गाला भएकी महिला भनी पुष्टि गरिएको छ ।

कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छिन् । ३२ वर्षकी अनास्तासियालाई आफ्नो अनुहार बदल्नका लागि ६ वर्ष लाग्यो । कस्मेटिक सर्जरीका लागि उनले २१ सय डलर खर्च गरिन् ।

यूक्रेनमा बस्नेवाली मोडल अनास्तासियाले हालै इन्स्टाग्राममा आफ्ना नयाँ पूराना तस्वीरहरु शेयर गरेकी छिन् । जसले उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ । कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका छन् ।

सर्जरी र मेडिकल फिलरको माध्यमबाट , अनास्तासियाको यति धेरै परिवर्तन भएको छ कि उनलाई चिन्न नै गाह्रो भएको छ । अझै पनि धेरै मानिसलाई उही पुरानी अनास्तासियालाई मनपराउँछन् । तर यी मोडल आफ्नो नयाँ रंगबाट धेरै नै सन्तुष्ट छिन् ।

अनास्तासिया भन्छिन् कि मोडलिङ गर्दा, उनी आफ्नो गालाका कारण धेरै दुखी र निराश हुन्थिन्, उनी मोटो र राम्रो गाला चाहन्थिन् । २६ वर्षको उमेरमा उनले आफ्नो गालालाई फेसियल इन्जेक्सनले ठुलो बनाउने निर्णय गरेकी थिइन् र उनको गाला पनि ठुलो  र आकर्षक खालको देखिन्छ । यस पछि अनास्तासिया आफैलाई याद छैन कि उनले कति मेडिकल सर्जरी गरिन् । अब उनको गाला संसारको सबैभन्दा ठुलो गाला बनेको छ ।

अनास्तासियाले आफ्नो गाला र ओठमा फिलर भरेकी छिन् र अहिले उनको ओठ पनि मोटो भएको छ । युक्रेनी मोडललाई फिलर थेरापी यति धेरै मन पर्यो कि उनले यस्तो सर्जरी गरिरहने बताइन् ।

विशेष कुरा यो हो कि अनास्तासियालाई थाहा छ कि केहि मानिसहरूलाई उनको यो काम अनौठो लाग्न सक्छ। उनी भन्छिन् कि धेरैलाई मलाई अनौठो लाग्छ तर यो मेरो लागि आवश्यक छैन। कसैले के सोच्छन मलाई मतलब छैन, म आफ्नै खुशीले गरिरहेको छु र यसको परिणाम यो हो कि म खुशी छु। [नयाँपुस्ता डटकमका लागि इन्डिया टिभी न्युजबाट गरिएको नेपाली अनुवाद]

प्रतिक्रिया दिनुहोस