प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला । म एउटा न्यूकमर हुँ । मसँग सहन गर्ने क्षमता छैन ।’

काठमाडौं । प्रकाश सपुतको गीत ‘फूलमाया’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा आफ्नो पोशाकलाई लिएर बनिरहेका गसिपबाट आत्तिएकी छन् । आफूसँग आलोचना सहने क्षमता नभएको उनको प्रष्टोक्ति छ ।

कुसुमले हट पहिरन लगाएको भिडियो केही दिनअघि टिकटकमा भाइरल भएको थियो । उक्त भिडियो अरु नै कसैले टिकटकमा अपलोड गरिदिएका थिए । उनले हटाउन आग्रह गरे पनि भिडिओ हटेन । बरु मिडियाहरुले त्यसलाई गसिप बनाए ।

नवोदित कलाकारले ‘उच्छृङ्खल’ पहिरन लगाएर चर्चा बटुल्न खोजेको भन्दै अत्यधिक आलोचना खेप्नुपरेपछि कुसुम मर्माहत बनिरहेकी छन् । यही सन्दर्भमा उनले आज मुख खोलेकी हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कहिलेकाहीं मर्न मन लाग्ने बताएकी छन् ।

यस्तो छ कुसुमको स्टाटस:

कहिलेकाहीं मलाई महसुस हुन्छ कि म मर्न चाहन्छु । आत्महत्या होइन, खाली मर्न चाहन्छु । मलाई थाहा छैन किन हो । तर, यस्तो फिलिङ आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु । प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला । म एउटा न्यूकमर हुँ । मसँग सहन गर्ने क्षमता छैन ।

प्रतिक्रिया दिनुहोस